एकीकृत वाम पार्टीको संयुक्त बैठक कात्तिक २० गते बस्ने

एकीकृत वाम पार्टीको संयुक्त बैठक कात्तिक २० गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले कार्तिक २० गते एकतामा आउने पार्टीसँग संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक विषय टुङ्गो लगाउने निर्णय गरेको छ।

माओवादी केन्द्रको आइतबार बसेको सचिवालयको बैठकले नेकपा (एकीकृत समाजवादी)सहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

त्यसअघि माओवादीको केन्द्रीय समिति बैठक कार्तिक १८ गते बस्नेछ । आइतबारको सचिवालय बैठक जनार्दन शर्माले भने बहिस्कार गरेका छन् ।

शुक्रवारको बैठकमा पनि आफ्नो फरक राखेर हिँडेका शर्मालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको कुरा सुन्न आग्रह गर्दा पनि नमानेको बताएका थिए । शनिवारको बैठक पनि बहिस्कार गरेका शर्माको शैलीलाई पार्टीले अराजक र अनुशासनहीन भन्दै टिप्पणी गरेको छ ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकले एकीकृत समाजवादी लगायत एकतामा आउने दलहरूको संयुक्त बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने निर्णय गरेको जानकारी दिए ।

सचिवालय बैठकमा पार्टी आन्तरिक संगठनात्मक विषयका साथै समायोजन, नीतिगत वैचारिक र एकतापछि नयाँ दल दर्ता गर्ने विषयमा बढी छलफल भएको पनि सापकोटाले बताए।

माओवादी केन्द्रले एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीबीच एकता गर्न लागेको छ।