मकाउमा बालिकाको अश्लिल भिडियो सेयर गर्ने १२ जना नेपाली पक्राउ


मकाउ – मकाउमा पोर्न भिडियो सेयर गरेको आरोपमा १२ जना नेपाली पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोर्न भिडियो सेयर गरेको आरोपमा १२ जना नेपाली सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरेको हो ।

मकाउ प्रहरीका प्रवक्ता चोङ काम फाइले १२ मध्ये १० जनाले आफ्नो अपराध स्वीकार गरेको बताएका छन् । पक्राउ परेका नेपालीहरु २३ देखि ४७ वर्ष उमेर समूहका छन् ।

मकाउ प्रहरीले ११ अगस्तमा इन्टरपोलबाट सूचना पाएर अप्रिलदेखि मेमा मकाउमा फेसबुकमा बच्चाको अश्लील भिडियो सेयर गरेको आंशका गरेको थियो ।

दुई मिनेट २९ सेकेन्डको उक्त भिडियो नेपाली युवाहरुले फेसबुकमा सेयर गरेका थिए । उक्त भिडियोमा एक १२ वर्षीया बालिकाले एक विदेशी पुरुषसँग मुख मैथुन गर्दै शारिरीक सम्पर्क राखेको देख्न सकिन्छ ।

प्रहरीले पोर्न भिडियो सेयर गर्न प्रयोग भएका १२ वटा स्मार्टफोन जफत गरेको छ । १० जनाले फेसबुक म्यासेन्जरमार्फत उक्त भिडियो प्राप्त गरेको बताएका छन् । उनीहरुले त्यसपछि उक्त भिडियो आफ्ना साथीहरूलाई पठाइएका थिए । तर, अन्य दुई जनाले भने अस्वीकार गरेका छन् । यद्यपि इन्टरपोलले जारी गरेको सूचना अनुसार उनीहरू पनि त्यस घटनामा संलग्न भएको पुष्टि हुन्छ ।

प्रहरी प्रवक्ताले अन्य सम्भावित बाल अश्लील भिडियोहरू मकाउमा प्रशारित भइरहेको र भिडियो खिच्ने व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए । आफ्ना कर्मचारी पक्राउ परेपछि त्यहाँको कम्पनीले नाबालिगको भिडियो सेयर गर्ने कार्यमा नेपाली सुरक्षा गार्ड नै संलग्न हुनु दुःखद् भएको बताएको छ ।

पटकपटक यस्ता घटना दोहोरिएपछि त्यहाँको प्रहरीले सुक्ष्म अनुसन्धान अगाडि बढाएको छ । कानून उल्लङ्घन गर्ने कुनै पनि स्टाफ सदस्यलाई कारबाही गर्ने कम्पनीले जनाएको छ ।

प्रहरीले पोर्न भिडियो सेयर गरेको आरोपमा नेपाली पक्राउ परेको यो घटना दोस्रोपटक भएको बताएको छ । यसअघिअगष्ट २४ मा ११ जना नेपालीलाई फेसबुकमा दुई मिनेट २९ सेकेन्ड लामो भिडियो सेयर गरेको आरोपमा पक्राउ गरिएको थियो ।

११ मध्ये ७ जनाले अपराध स्वकिार गरेका थिउ । यी दुवै घटनामा सेयर भएका भिडियो भने एउटै भउको प्रहरीले बताएको छ । पहिले पनि सोही १२ वर्षीया बालिकाको पोर्न भिडियो सेयर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement