काठमाण्डु – यदि तपाईँले सामाजिक सञ्जालमा कसैले अलि फरक खालको हरियो रङ्गको चिया भरिएको कप बोकेको तस्बिर पोस्ट गरेको देख्नुभएको छैन भने सम्भवतः तपाईँले आफ्नो फीड रिफ्रेश गर्नुपर्ने हुन्छ ।
त्यो पेय पदार्थ के हो ? तपाईँलाई थाहा छ ? त्यो हो–माचा ।
टिकटकदेखि इन्स्टाग्रामसम्मका सोशल मिडिया इन्फ्लुअन्सरहरूले यो पेय पदार्थको लोकप्रियता बढाउन भूमिका खेलिरहेका छन् । त्यसले गर्दा जेनजी यो चिया चाख्न क्याफेहरूमा लाइन लागेको देखिन्छ ।
माचा चियाका बोटमा विशेष तरिकाले उमारिएका पातबाट बनाइएको एक प्रकारको ‘ग्रीन टी’ हो । यो चिया सामान्य ‘ग्रीन टी’भन्दा फरक ढङ्गले बनाइन्छ ।
तर माचा नयाँ पेय पदार्थ होइन । यो जापानमा व्यापक रूपमा उत्पादन गरिन्छ । माचा जापानमा कैयौँ शताब्दीदेखि उत्पादन भइरहेको ‘ग्रीन टी पाउडर’ हो ।
जापानी परम्परा र संस्कृतिमा व्यापक रूपमा गहिरो प्रभाव रहेको यसलाई चियापान समारोहमा बाँड्ने गरिन्छ ।
पछिल्ला वर्षहरूमा यसमा आधुनिक प्रकारको परिवर्तन गरिएको पाइएको छ । यो चिया प्रायः तातो वा चिसो लाते, डिजर्टदेखि स्किन केअर उत्पादनका रूपमा समेत प्रयोग हुने गर्छ ।
माचा चियाका बोटमा विशेष तरिकाले उमारिएका पातबाट बनाइएको एक प्रकारको ‘ग्रीन टी’ हो । यो चिया सामान्य ‘ग्रीन टी’भन्दा फरक ढङ्गले बनाइन्छ । यो चियाको मसिनो पाउडरलाई तातो पानी वा दूधमा हालेर पेय पदार्थ तयार पारिन्छ ।
‘ग्रीन टी’बाट हाम्रो स्वास्थ्यलाई पुग्ने फाइदाबारे धेरै अध्ययनहरू भएका छन् र माचा भनेको त्यसकै अधिक संगृहीत मात्रा हो । तर यसबाट स्वास्थ्यमा पुग्ने फाइदाबारे थप अध्ययन आवश्यक पर्छ’, क्यानडाकी पोषणविद् मिरान्डा ग्यालटी भन्छिन् ।
माचामा ग्रीन टीको तुलनामा क्याफीनको मात्रा धेरै हुन्छ । त्यसको अति उपभोगले उल्टो असर गर्न पनि सक्छ ।
माचाका फाइदाहरू
माचामा सामान्य ‘ग्रीन टी’का तुलनामा १० गुनाबढी एन्टिअक्सिडन्ट पाइन्छ । ‘ग्रीन टी’ र माचा सम्बन्धित छन् । ‘ग्रीन टी’मा उच्च एन्टिअक्सिडन्ट हुने भएकाले त्यसले तौल घटाउन सहयोग गर्छ ।
माचामा प्रचुर मात्रामा एन्टिअक्सिडन्ट पाइन्छ । यो तत्त्वले तपाईँको शरीरका कोषहरू मर्न दिँदैन र दीर्घरोगहरूको जोखिमलाई कम गर्छ ।
‘ग्रीन टी’ले मेटबोलिजम बढाउन र बोसो पगाल्न सघाउँछ । माचामा रहेको अमीनो एसिडले स्नायु रणालीका निम्ति लाभकारी हुन्छ । यसले तनाव र चिन्ता कम गर्न तथा अनिद्रा हटाउन सहयोग गर्छ ।
माचामा रहेका एन्टिअक्सिडन्ट र अन्य तत्त्वहरू जस्तै क्लोरोफिल, क्याफीन र एल–थीअनीनजस्ता केही यौगिकहरूले मस्तिष्कको कामलाई अभिवृद्धि गर्छ । माचाले संज्ञानात्मक क्रियाहरूलाई थप सहज बनाउँछ । माचामा रहेको क्याफीनले एकाग्रता बढाउन सक्छ र त्यसलाई फाइदा गर्छ ।

माचाका बेफाइदाहरू पनि छन् । माचाले यसरी शरीरलाई हानी पुर्याउँछ :
माचामा ग्रीन टीको तुलनामा क्याफीनको मात्रा धेरै हुन्छ । त्यसको अति उपभोगले उल्टो असर गर्न पनि सक्छ ।
शरीरमा क्याफीनको मात्रा अधिक भएमा त्यसले चीन्ता, अनिद्रा र मुटुको चाल बढाउन सक्छ ।
धेरै क्याफीनको प्रयोगले अड्रेनलिन होर्मोनको निष्काशनलाई बढाउँछ । त्यसले ऊर्जालाई बढाउँछ र त्यसका कारण तनाव र चिन्ता बढ्न सक्छ ।
डर्टी माचा
यो सुन्दा जस्तो सुनिन्छ त्यस्तो खराब पेय पदार्थ होइन । ‘डर्टी माचा’ भनेको माचा र दूध घोलेर हालिएको एप्प्रेसो सट हो ।
‘डर्टी माचा’मा क्याफीनको विकल्पका तत्त्वहरूको सम्मिश्रण हुन्छ । त्यसले पनि शरीरमा अड्रेनलिनको मात्रा बढाउन सक्छ ।
पछिल्ला वर्षहरूमा माचाको लोकप्रियता बढेपछि अहिले जापानमा उत्पादन हुनेमध्ये आधाभन्दा बढी माचा अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन थालेको छ । केही विवरणहरूमा यसको बढ्दो मागका कारण जापान र विश्वव्यापी रूपमा नै माचाको अभाव पनि देखिन सक्ने जनाइएको छ । माग धेरै बढेपछि जापानी चिया कम्पनीहरू इप्पोडो टी र मारुक्यु कोयामाइनले पहिलो पटक क्रेताहरूलाई खरिदको सीमा तोकेका छन् ।
जापानको कृषि मन्त्रालयका अनुसार सन् २०२३ मा त्यहाँ ४,१७६ टन माचा उत्पादन भएको थियो । त्यो भनेको सन् २०१० को तुलनामा झन्डै तीन गुना हो ।
तर जसरी माचा मुख्य पेय पदार्थका रूपमा प्रचारित भइरहेको छ त्यसैगरी यसको गुणस्तर भिन्नभिन्न हुन्छ ।
माचा पाउडरको गुणस्तर भिन्नभिन्न हुन्छ । यदि तपाईँ यसबाट स्वास्थ्यमा हुने फाइदाका लागि पिउँदै हुनुहुन्छ भने स्वास्थ्यमा पुग्ने त्यस्ता फाइदाबारे विश्वासिलो स्रोतबाट आएको सूचना हो भन्ने यकिन गर्नुपर्छ ।
कतिपय क्याफेहरूले बेच्ने यस्तो पेय पदार्थमा चिनी, थपिएको गुलियो पदार्थ वा विभिन्न प्रकारका स्वाद हालिएको हुन सक्छ । त्यसले स्वास्थ्यमा पुग्ने भनिएको फाइदालाई घटाइदिन सक्छ ।
प्रतिक्रिया