काठमाडौं – माछापुच्छ्रे बैंकले डिजिटल बैंकिंगको क्षेत्रमा फड्को मार्दै एमबएिल अनलाइन बैंकिंग सेवालाई अपग्रेड गरेको छ ।
अब नो लाइन बैंकिंग भन्ने नाराका साथ बैंकले कोभिड १९ महामारीको समयमा अब बैंकिंग सुविधा उपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाईन बैंकिंग सेवालाई अपग्रेड गरेर प्रस्तुत गरेको हो ।
यससँगै बैंकका ब्यवसायिक तथा ब्यक्तिगत दुवै खालका ग्राहकलाई घर वा कार्यालयमै बसी अधिकतम बैकिग सेवा थप सरल र सुरक्षित तवरले उपयोग गर्न सहयोग गर्ने छ । ब्यवसायिक ग्राहकहरुलाई लक्षित गर्दै थप अत्याधुनिक सुविधाहरुको साथमा ल्याईएको सेवा अन्तर्गतको कर्पोरेट बैकिंगले ब्यवसायिक तथा कर्पोरेट हाउसहरुलाई बैंक सम्म नपुगि सुरक्षित साथ माछापुच्छ्रे बैंकमा रहेको आफ्नो खाताबाट विभिन्न कारोवार गर्न सक्नेछन् ।
विशेषत यस सेवा मार्फत अन्तर बैक रकमान्तर , कनेक्ट आइपीएस स्टेटमेन्ट हेर्ने लगायतका सेवा उपलब्ध रहेको छ । त्यस्तै यस सेवा मार्फत ब्यवसायिक तथा कर्पोरेट हाउसहरुले आफै तलव ब्यबस्थापन गर्न सक्ने छन् ।
बैंकको अनलाईन बैंकिङ्ग मार्फत ब्यक्तिगत ग्राहकहरुले पनि बिभिन्न बैंकिङ्ग कारोबार जस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा रकमान्तर गर्न, क्रेडिट कार्डको बिल पेयमेन्ट गर्न, इसेवा, खल्ती लगायतका वालेटहरुमा पैसा लोड गर्न, मोवाइल टपअप गर्र्न, बत्ति पानीको पैसा तिर्न लगायतका सेवा उपयोग गर्न सकिन्छ ।
त्यसै गरी बारम्बार तिर्नुृ पर्ने रकमलाई Schedule गरी तिर्न सकिने छ । यस सेवा लिएका ग्राहकहरुले मुद्दती खाता समेत यसै सेवा मार्फत खोल्न सक्नेछन् । बैंकको अनलाईन बैंकिंगको परिष्कृत भर्सन थप सुविधाहरुका साथ थप सरल र थप सुरक्षित रहेको छ ।




प्रतिक्रिया