माछापुच्छ्रे बैंकको ब्राण्ड एम्बासडरमा नायिका स्वेता खड्का नियुक्त

माछापुच्छ्रे बैंकको ब्राण्ड एम्बासडरमा नायिका स्वेता खड्का नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माछापुच्छ्रे बैंक लिमिटेडको ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्का नियुक्त भएकी छन् ।

बिहिबार माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको जनाएको छ ।

चर्चित अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एवं अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल स्वेताको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

नायिका खड्काले २० वर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्वासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुशी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।