काठमाण्डु- एमालेले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस देश भरि विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।
पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई स्मृति सभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्य गर्न भनिएको छ ।
एमाले जनताको बहुदलीय जनवादको दिशानिर्देश बमोजिम अगाडि बढिरहेको र मुलुकको बाम तथा प्रजातान्त्रिक आन्दोलनका साथै पार्टी निर्माणमा मदन–आश्रितको देन, उत्सर्ग र समर्पणको सम्मान गर्दै सिर्जनात्मक कार्यक्रम आयोजना गर्न केही दिनअघि महासचिव शंकर पोखरेलले शर्कुलरमार्फत् निर्देश गरेका छन् । पार्टीले जिल्ला कमिटीहरूद्वारा गरिने स्मृति सभामा अन्य पार्टीका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरूलाई समेत आमन्त्रण गर्न सुझाव दिइएको छ ।
स्मृति दिवसमा रक्तदान, स्थानीय टेलिभिजन तथा रेडियोहरूमा परिसंवाद, सरसफाइ कार्यक्रम, स्वास्थ्य शिविर, वृक्षारोपण कार्यक्रम राख्न निर्देशन दिइएको छ ।
जननेता भण्डारी र आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा गाडी दुर्घटनामा रहस्यमय मृथ्यु भएको थियो ।




प्रतिक्रिया