खानेपानी मन्त्रालयको जिम्मेवारी कृषिमन्त्री परियारलाई

खानेपानी मन्त्रालयको जिम्मेवारी कृषिमन्त्री परियारलाई


काठमाण्डु– कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्री परियारलाई मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी दिएका हुन् ।

यसअघि उक्त मन्त्रालय श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएका थिए ।