यौन दुर्व्यवहारको आरोप खेपेका मदन राई धरौटीमा छुटे

यौन दुर्व्यवहारको आरोप खेपेका मदन राई धरौटीमा छुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- यौन दुर्व्यवहारको आरोप खेपेका कृषि वैज्ञानिक मदन राई धरौटीमा छुटेका छन्।

सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले उनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। धरौटी बुझाएर राई छुटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम)का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो।

खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख संगिता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो।