मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकबीच सहमती

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकबीच सहमती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकहरूबीच सहमति भएको छ।

सहमती भएसँगै प्राध्यापकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। प्राध्यापकको रोकिएको तलब भत्ता बापतको रकम एक महिनाभित्र प्रतिष्ठानले उपलब्ध गराउने सहमती भएको प्राध्यापक कल्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले बताए।

प्रतिष्ठानको प्रतिविद्धता पछि आन्दोलनरत प्राध्यापकहरू शिक्षण कार्यमा फर्किएका छन्। कार्तिक २२ गतेदेखि प्रतिष्ठानमा कार्यरत २४ जना प्राध्यापकहरूले ३ महिनादेखिको तलब, भत्ता बापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएका थिए।