काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् ।
विगत तीन दिनअघि अस्वस्थ भएपछि नेता नेपाल मंगलबार अस्पताल भर्ना भएका हुन् ।
नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको अस्पताल परिसरले जनाएको छ । नेता नेपालको आजै डिस्चार्ज पनि गरिनेछ ।
केहीदिन अघिदेखि नेता नेपाल बारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यही बेला उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।




प्रतिक्रिया