कामचलाउ सरकारले प्रदेश संयोजक तोक्न मिल्दैन : माधव नेपाल

कामचलाउ सरकारले प्रदेश संयोजक तोक्न मिल्दैन : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता माधवकुमार नेपालले कामचलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नपाउने बताएका छन्।

 

 

राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरकारले दीर्घकालीन प्रभाव पार्ने प्रदेश संयोजक तथा प्रतिनिधि नियुक्ति गर्न नैतिकरुपमा पनि नमिल्ने विचार व्यक्त गरे।

 

 

मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकार सम्पन्न बनाउन लामो समय संघर्ष गरेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले वाम गठबन्धनको सरकार बनेपछि अधिनायकवाद तथा एकतन्त्रिय शासन नआउने प्रष्ट पारे।

 

 

जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिका कार्य चाँडो शुरु गरिने बताउँदै उहाँले पाँच वर्ष भित्रमा आर्थिक सशक्तिकरणका माध्यमबाट सामाजिक रुपान्तरण गरी देशको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे।