काठमाण्डु– पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेपाल बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।
उनको छातीमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुगेका थिए ।




प्रतिक्रिया