काठमाण्डु- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितका समस्या समाधानका लागि संयुक्त रूपमा लड्न आह्वान गरेका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवले आन्दोलन मधेशबाट उठेपनि देशकै समस्या भएको उल्लेख गरेका हुन् । उनले एकातिर बैंकले ऋण नदिने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर साहुहरूको अत्याचार द्रव्य पिवाशी प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गरेका छन् । शोषणविरूद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेशसमेतले मिलेर संयुक्त रूपमा काम गर्नुपर्ने उनको भनाइ छ ।
‘पैदल हिंडेर काठमाण्डु पुग्नुभएका र काठमाण्डु पुग्न नसकी घरमै उकुसमुकुसमा पर्नुभएका मिटरब्याज पीडित दाजुभाई दिदीबहिनीहरुको समस्याप्रति हामी गम्भीर छौ । मधेशबाट उठेपनि यो समस्या देशकै हो। एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरुमा अत्याचार नै गर्ने द्रव्य पिवाशी प्रवृति देखिएको छ। शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्तरुपमा काम गर्न, विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको छ’, उनले विज्ञप्तिमार्फत भनेका छन् ।
प्रदेशबाट उठे उक्त समस्या देशकै समस्या भएको बताउँदै उनले उक्त समस्या समाधानका लागि सबैलाई एकजुट हुन आह्वान गरेको गरे । ‘गरिब झन् गरिब हुने, भएको सम्पतिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रूपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजनाविद्, विज्ञहरूलाई आह्वान गर्दछु।’, विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया