काठमाण्डु- नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी भएको छ। कांग्रेस दुई मन्त्रालयसहित उपेन्द्र जसपा नेतृत्वको सरकारमा सहभागी भएको हो।
जसअनुसार कांग्रेसबाट संसदीय दलका नेतासमेत रहेका कृष्णप्रसाद यादव र वीरेन्द्रकुमार सिंह प्रदेश सरकारमा मन्त्री भएका छन् । जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा कांग्रेस सहभागि भएसँगै यहाँ जनमत पार्टीका मन्त्रीलाई मन्त्रालयविहीन बनाइएको छ ।
आफ्ना मन्त्रीलाई मन्त्रालयविहीन बनाएपछि जनमत पार्टीका नेताहरु आक्रोशित बनेका छन् । सहमति विपरीत मन्त्रालयविहीन बनाउने काम भएका भन्दै जनमतका नेताहरु आक्रोशित बनेका हुन् ।
जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका दलका नेता महेशप्रसाद यादवले विना सहमति मन्त्रालय खोसिएपछि यसबारे पार्टीभित्र छलफल भइरहेको बताएका छन् ।




प्रतिक्रिया