काठमाण्डु- मधेस प्रदेश सरकारबाट जनमत पार्टीले एक जना मन्त्री र एकजना राज्यमन्त्री फिर्ता बोलाएको छ । पार्टीले फिर्ता बोलाएपछि मधेस प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय बनाइएका मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन् ।
जेठ ९ मा मुख्यमन्त्री यादवले जनमतका कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेपछि उनीहरू बिनाविभागीय मन्त्री बनेका थिए।
प्रदेश सरकारले छैठौं पटक गर्न लागेको मन्त्रीपरिषद् बिस्तारमा जनमतले कुशवाहा र यादवलाई हटाएर पार्टीका प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट गर्न मञ्जु खंगलाई पठाउने तयारी गरेको छ। प्रदेशमा हाल गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवले सम्हालेका छन्।




प्रतिक्रिया