मुख्यमन्त्री यादवले आज पाँचौँ पटक विश्वासको मत लिदैँ

मुख्यमन्त्री यादवले आज पाँचौँ पटक विश्वासको मत लिदैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिने भएका छन्।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाडेपछि यादव नेतृत्वको सरकार अल्पमतमा रहेको छ ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेका सभामुख सहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९(९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद छन् ।