काठमाण्डु- मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री सिंहले जनमत पार्टीबाट दुई जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
सिराहा ४ (१) बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँ मन्त्री बनेका छन् । साहलाई वन तथा वातावरण मन्त्री बनाइएको छ।
बिनाविभागीय मन्त्री बनाइएकी रञ्जु मण्डल खंगलाई सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। मियालाई जिम्मेवारी तोकिएको छैन।




प्रतिक्रिया