काठमाण्डु- मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिदैं मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभाका सदस्यहरुले राखेको सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता गरेका हुन्।
उनले मधेश प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने पक्षमा रहेकाले काम गर्नका लागि सबैसँग सहयोगका लागि आग्रह समेत गरे।यसअघि नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहले राखेको संशाेधन प्रस्ताव फिर्ता लिएका थिए ।
मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिता कुमारी राउत ईशरले निर्णायार्थ पेश गरेकी थिइन् । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको छ ।




प्रतिक्रिया