काठमाण्डु- मधेस प्रदेशसभाको सभामुखका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार नेकपा एमालेका रामचन्द्र मण्डलले र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् । सभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ ।
माघ २ गते सभामुखका लागि निर्वाचन हुने समय तोकिएको छ ।




प्रतिक्रिया