मधेस सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता

मधेस सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मधेस प्रदेशमा सत्तासाझेदारीको समीकरण फेरिएको छ। १६ महिनादेखि मुख्यमन्त्री सरोजकुमार सिंहको नेतृत्वमा सहभागी नेपाली कांग्रेस आज औपचारिक रूपमा सरकारबाट बाहिरिने तयारीमा छ।

जनकपुरस्थित संसदीय दलको बिहानको बैठकपछि नेता कृष्णा यादवले मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पुष्टि गरे। “सांसदहरूको सुझावअनुसार हामी सरकारमा नबस्ने निष्कर्षमा पुगेका छौं,” यादवले भने।

कांग्रेसले आजै प्रदेश प्रमुखलाई पत्र पठाएर सरकारबाट बाहिरिने र आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।

यसअघि जनमत पार्टीले पनि आफ्नै नेतृत्वको सरकार ढाल्दै समर्थन फिर्ता लिएपछि चार दलीय गठबन्धन कमजोर बनेको हो। अब सिंह नेतृत्वको सरकारमा एमाले र लोसपा मात्र बाँकी छन्।