मधेस सरकारबाट बाहिरियो माओवादी

मधेस सरकारबाट बाहिरियो माओवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीका दुई मन्त्रीले आइतबार मुख्यमन्त्री सरोवकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् । साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।

त्यस्तै, नेकपा (एमाले)ले पनि आजै सरकार छाड्ने तयारी गरेको छ । मन्त्रीहरू बाहिर रहेकाले उनीहरू आइपुगेपछि आजै सरकार छाड्ने एमालेको तयारी छ ।

मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।