काठमाण्डु – नेकपा एमाले पनि मधेश सरकारबाट बाहिरिएको छ । एमालेका ६ मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।
मुख्यमन्त्री निवासमा पुगेर एमालेका चारजना मन्त्री र दुई राज्यमन्त्रीले आइतबार अपराह्न पदबाट राजीनामा बुझाएका हुन्।
एमालेका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव,गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा दिएकी छन् ।
जसपा नेपाल नेतृत्वको सरकार ढाल्ने योजनाअनुसार माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिइसकेको छ ।




प्रतिक्रिया