काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको बैठकमा १७४ मध्ये ९३ सांसद सहभागी भएका छन् ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने बताइएको छ ।
यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको छ भने माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ ।




प्रतिक्रिया