सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा निर्वाचित

सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा (एमाले)का सरेश नेपाललाई पराजित गरेका हुन् ।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३० हजार तीन सय ७४ मत मत ल्याएकाे जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याएका छन् । सापकोटाले नेपाललाई तीन हजार तीन सय ५४ मतले पराजित गरेका हुन् ।