एकीकृत समाजवादीको महाधिवेशन माघ १४ देखि १८ सम्म, २१ केन्द्रीय सदस्य मनोनीत


काठमाण्डु- नेकपा एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निणर्य गरेको छ । आज एक अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीले गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ मशाधिवेशन गर्ने निणर्य गरेको जनाएको हो ।

पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको गर्नुभएको अपानीमा महाधिवेशनको तयारीस्वरुप आगामी मंसिर २५ गतेभित्र सदस्यता वितरण र नविकरणको विवरण प्रमाणिकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउने निणर्य भएको उल्लेख गरिएको छ ।

माणिकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाइएको र केन्द्रीय सङ्गठन विभागबाट प्रमाणिकरण भएका सदस्यले मात्र पाइने बताइएको छ । त्यस्तै, कात्तिक १५ गतेसम्ममा महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गरिसक्ने अपानिमा उल्लेख छ ।

कात्तिक १५ देखि पुस १५ सम्म दस्तावेजहरूमा छलफल बहस चलाउने, पुस २१ मा एकैदिन प्रतिनिधि छनोट गर्ने, पुस २५ गतेभित्र प्रतिनिधि छनोटको प्रतिवेदन केन्द्रमा पठाइसक्ने र २०८० माघ ५ भित्र प्रतिनिधिहरू यकिन गरिसक्ने कार्यक्रम तय भएको छ । यस्तै पार्टीले केन्द्रीय कमिटीमा २१ जना सदस्यलाई मनोनीत गरेको छ जसमा अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जना रहेका छन् ।

अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दिपक केसी, धनबहादुर कार्की,धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय केन्द्रीय सदस्य बनेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement