‘सरकार गठबन्धनकै रहने तर नेतृत्व फेरिन्छ’

‘सरकार गठबन्धनकै रहने तर नेतृत्व फेरिन्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन नभत्किने बताएका छन् । बिहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जति नै प्रयास गरे पनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताएका हुन् ।

‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन, बान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने बित्तिकै वाक्क दिक्क मान्छन् । तर उनीहरू जतिसुकै गठबन्धनको विरोधमा लागे पनि गठबन्धन भत्किने वाला छैन । पाँच वर्षसम्म गठबन्धन रहन्छ । गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिमअनुसार सुशासन कायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । ’, उनले भने ।

त्यस्तै उनले सरकार गठबन्धनकै रहने तर नेतृत्व फेरिने संकेत गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले अब सरकारको नेतृत्व माधवकुमार नेपालले गर्ने बताएको सन्दर्भ उनले भने, ‘परदे मे रहने दो, पर्दा न उठाओ ।’