सत्ता गठबन्धन ५ वर्षसम्म कायम रहन्छ : माधव नेपाल

सत्ता गठबन्धन ५ वर्षसम्म कायम रहन्छ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन ५ वर्षसम्म कायम रहने बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाण्डुमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरेका हुन् उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए।

‘ यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयू छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन्। त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ। तर, तपाईहरु ढुक्क भए हुन्छ(यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ ।’, उनले भने ।