एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठक ललितपुरको बालकुमारीमा बसेको हो । मंगलवारबाट शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल जारी छ ।

मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको नेताहरु जनाएका छन् । मंगलबारको बैठकमा ८१ जनाले आ आफ्नो धारणा राखेको थिए ।