कोरोनाबाट पूर्वन्यायाधीश चालिसेसहित थप चार जनाको मृत्यु

कोरोनाबाट पूर्वन्यायाधीश चालिसेसहित थप चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जना पूर्वन्यायाधीशको मृत्यु भएको छ । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मुटु रोगी रहेका चालिसे विगत पाँच दिनदेखि गंगालालमा उपचाररत थिए । काठमाण्डु निवासी चालिसे तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका हुन् ।

त्यस्तै कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका–६ निवासी कोरोना संक्रमित ६५ वर्षका पुरुषको सोमबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र अर्का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । चितवनमा पछि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारत हेटौंडा उपमहानगरका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु सबैको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।