एकीकृत समाजवादीको सचिवालय बैठक जारी, एमसीसी मुख्य एजेण्डा

एकीकृत समाजवादीको सचिवालय बैठक जारी, एमसीसी मुख्य एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केहिवेर अघि बैठक सुरु भएको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए ।

उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल हुँदैछ ।

नेकपा एसभित्र एमसीसीलाई समर्थन गर्ने नगर्नेबारे बिबाद चर्केको छ । अध्यक्ष माधव कुमार नेपाल एमसीसीको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनालले टेबुल भएकोमा बिरोध जनाउँदै आएका छन् । अव परिमार्जनको बिषय सदनमा उठाउने शहरी विकास मन्त्री समेत रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले बताइन् । आजको बैठकमा एमसीसीको सम्बन्धमा संसदमा अपनाइने रणनीतिका विषयमा छलफल हुने नेकपा एसकी नेतृ पार्वती कुमारी विशुन्खेले जानकारी दिइन् ।