काठमाडौं – कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणपछि नेता नेपालले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार साँझ ७:३० बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
त्यस्तै रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरुले पनि ओलीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएका हुन् ।
प्रधानमन्त्री ओलीको बुधबार सफल मिर्गौला प्रत्यारोपण भएको छ । ओलीलाई नातामा भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।




प्रतिक्रिया