काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी) पार्टीलाई सहयोग गर्ने बताएका छन् । बुधबार नेकपा एमालवेबाट छुट्टिएर माधव नेपाल समूहले सो पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
बुधबार नेपाल समूहले सार्वजनिक गरेको ९५ जनाको केन्द्रीय समितिको लिस्टमा नभएका गौतमले आज नेपाल समूहलाई साथ दिने बताएका हुन् । पार्टी विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले नेपाल नेतृत्वको पार्टीलाई सहयोग गर्ने जनाएका हुन् ।
माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिया सुरु गर्दा भने उपाध्यक्ष गौतम खुलेका थिएनन् । गौतम कहिले केपी ओलीतिर कहिले नेपालतिर लाग्दै आएका छन्।




प्रतिक्रिया