काठमाण्डु- निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता प्रक्रियाका लागी सनाखतको समय तोकेको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधवार बिहान साढे ११ बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।
नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल रहेका छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको जनाइएको छ ।




प्रतिक्रिया