माधव नेपालले २ बजे पत्रकार सम्मेलन गर्दै

माधव नेपालले २ बजे पत्रकार सम्मेलन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नयाँ पार्टी गठन र पार्टीका भावी कार्यक्रमबारे जानकारी दिन अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत पत्रकार सम्मेलन दिउँसो २ बजे क्वालिटी ब्यांक्वेटमा गर्न लागिएको जानकारी दिएका हुन् ।

नेता नेपालले बुधबार मात्रै निर्वाचन आयोगबाट दलको मान्यता पाएका थिए । उनले एमालेबाट ५५ केन्द्रीय सदस्य र ३० जना सांसद लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका हुन् ।