केपी ओलीले पार्टी भित्र भेदभाव गर्नुभयोः माधव नेपाल

केपी ओलीले पार्टी भित्र भेदभाव गर्नुभयोः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र भेदभाव गरेको बताएका छन् । बिहीवार बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता नेपालले एमाले अध्यक्ष ओलीले पार्टीमा आफ्नो प्रशंसा गर्नेहरुलाई मात्र महत्व दिएको बताएका हुन् ।

उनले भने, ‘कमरेड केपीले पार्टीमा भेदभाव गर्न थाल्नुभयो, कार्यकर्ताप्रति अन्याय गर्न थाल्नुभयो । देश र जनताप्रतिको समर्पण खोज्नुभएन । उहाँको वरिपरि प्रशंसा गरेर नाच्नेहरूको मात्र महत्व दिनुभयो ।’

केपी ओलीको प्रशंसा गर्नेबाहेक सबैको अवमूल्यन गरेको उनले आरोप लगाए । उनले भने,‘अरू सबैको अवमूल्यन गर्नुभयो । यसले पार्टी शिथिल मात्र भएन, मृत्युप्राय हुने अवस्थामा पुग्यो । पार्टीमा उकुसमुकुस सुरु भयो । यो सबै परिस्थिति आएपछि हामीले नयाँ ढंगबाट जाने संकल्प र्गयौँ।’