नेकपा एसको संसदीय दलको बैठक बस्दै

नेकपा एसको संसदीय दलको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आइतबार बस्दै छ । आज बिहान ११ बजेपछि बानेश्वरमा उक्त बैठकले अध्यक्ष माधवकुमार नेपाललाई दलको नेता चयन गर्ने जनाइएको छ ।

नेकपा एमालेबाट अलग्गिएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एस गठन गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा एकीकृत समाजवादी सहभागी हुने बताइएकाे छ ।

 २ भदौमा एमालेबाट अलग भएको यो दलले वैधानिकता नपाएकाले मन्त्रिपरिषद् विस्तार समेत रोकिएको थियो । ९ भदौमा निर्वाचन आयोगले एकीकृत समाजवादीलाई वैधानिकता दिएपछि सरकारमा सहभागी हुने औपचारिक निर्णय गरिएको जनाइएको छ ।