माधव नेपालले धोका दिएको भन्दै बाहिरिए प्रदिप नेपाल

माधव नेपालले धोका दिएको भन्दै बाहिरिए प्रदिप नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष नेपालको साथ छाडेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले माधव नेपालबाट धोका पाएको भन्दै एकीकृत समाजवादीबाट बाहिरिएको घोषणा गरेका हुन् ।

पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’

नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने बताएका छन् । ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उनले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’