काठमाण्डु- माधवकुमार नेतृत्वको (एकीकृत समाजवादी) पार्टीलाई संघीय संसद सचिवालयले संसदीय दलको कार्यालय उपलव्ध गराएको छ । मंगलबार संसद सचिवालयको भवन नम्बर १ को दोस्रो तलामा समाजवादीलाई दलको कार्यालय उपलव्ध गराइएको हो ।
भदौ २ गते नेकपा एमाले विभाजन गरेर माधव नेपाल पक्षले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । निर्वाचन आयोगले भदौ ९ मा आधिकारिकता दिएसँगै संसद सचिवालयले नेता नेपालको पार्टीलाई संसदीय दलको कार्यालय उपलव्ध गराएको हो ।




प्रतिक्रिया