नेपालको हितमा छ भन्ने पुष्टि भएपछि मात्रै एमसीसी पास हुन्छ : माधव नेपाल

नेपालको हितमा छ भन्ने पुष्टि भएपछि मात्रै एमसीसी पास हुन्छ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी परियोजना नेपालका लागी ठिक छ भन्ने पुष्टि भएपछि मात्रै पारित गर्ने बताएका छन् ।

बाँकेको नेपालगन्जमा आज पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताए । ‘सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन । हामीलाई लिखित चाहियो कि यो सुरक्षासँग सम्बन्धित छैन,’ उनले भने ।

यो आयोजना विकासका लागि मात्र भएको लिखित नोट आएपछि मात्रै आफुहरुले समर्थन जनाउने उनले बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण एमालेले सरकारको नेतृत्व गुमाउनुपरेको बताए । नेता नेपालले ओलीकै कारण आफुहरुले नयाँ पार्टी बनाउनुपरेको बताए । कतिपय प्रदेशमा एमालेभन्दा आफुहरु नै बलियो रहेको उनको दाबी छ ।