नेकपा एसको केन्द्रीय समिति बैठक मंगलबार, यस्ता छन् बैठकका एजेण्डा

नेकपा एसको केन्द्रीय समिति बैठक मंगलबार, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केन्द्रीय समिति बैठक बोलाएका छन् । उनले यही भदौ २९ गते मङ्गलबारका लागि काठमाण्डुमा बैठक बोलाएका हुन् ।

बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नुका साथै केही विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेको थियो । नेकपा एमालेबाट अलग भई हालै गठन भएको नेकपा एकीकृत समाजवादीले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ ।