काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले औपचारिक कार्यक्रमको शैली परिवर्तन गर्ने भएको छ ।
अबदेखि संघको कार्यक्रममा अतिथिहरूलाई पनि सहभागीसँगै राखिने भएको छ । अध्यक्षलाई मात्र अगाडि राखिने जनाइएको छ ।
यस्तै युवासङ्घको कार्यक्रममा खादा माला पनि प्रयोग नहुने भएको छ । बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए । अनुत्पादक र अनावश्यक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्ने उनको भनाइ छ ।




प्रतिक्रिया