प्रदेश १ मा एमालेको बहिर्गमन निश्चित, अब एकीकृत समाजवादी नेतृत्वको सरकार बन्छ : माधव नेपाल

प्रदेश १ मा एमालेको बहिर्गमन निश्चित, अब एकीकृत समाजवादी नेतृत्वको सरकार बन्छ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

शनिबार बिहान विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले प्रदेश १ को सरकारबाट एमाले चाँडै बाहिरिने दाबी गरेका हुन् । उनले मुख्यमन्त्री भीम आचार्यको छिट्टै बहिगर्मन हुने र एकीकृत समाजवादी संसदीय दलका नेता राईको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा कुनै छलफल नभएको समेत बताए । अध्यक्ष नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत रहेको बताए । त्यस्तै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप पनि लगाए ।