ओलीप्रति माधव नेपालले कटाक्ष गर्दै भने – व्यक्तिवाद, अहंकार, घमण्ड र एकाधिकारवादी सोँचको अन्त्य होस्

ओलीप्रति माधव नेपालले कटाक्ष गर्दै भने – व्यक्तिवाद, अहंकार, घमण्ड र एकाधिकारवादी सोँचको अन्त्य होस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गरेका छन् ।

यस वर्षको तिहार र नेपाल संवतका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाएका छन् । शुभकामना सन्देशसँगै उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै कटाक्ष गरेका छन् ।

ओलीको नाम नलिई नेता नेपालले भनेका छन्, ‘तिहार र नेपाल सम्बत्ले खराब प्रवृत्तिको अन्त्य सहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एक आपसको सम्मान अनि एकतामा जोड दिए जस्तै नेपाली समाजमा विविध क्षेत्रबाट देखाइएका दंभ, अहंकार, घमण्ड, व्यक्तिवाद, मपाइत्व र एकाधिकारवादी सोंचको अन्त्य गरी समाजलाई सहअस्तित्व सहितको असल बाटोमा अगाडि बढाउन हामी सबैलाई अभिप्रेरित गर्न सकोस् ।