संसदमा मेरो उपस्थितिले केपी ओलीको सातो गएको छ : माधव नेपाल

संसदमा मेरो उपस्थितिले केपी ओलीको सातो गएको छ : माधव नेपाल


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन् ।

मंगलबार गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सातो गएको बताएका हुन् । उनले भने, ‘ म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ । कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि । सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।’