पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुको विकल्प छैन्ः माधव नेपाल

पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुको विकल्प छैन्ः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पछिल्ला विकसित घटनाक्रमले पार्टीभित्र अनेकौ आशंका र चिन्ता पैदा गरेको जनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै बरिष्ठ नेता नेपालले यस्तो अवस्थामा सिंगो पार्टी पंक्तिलाई भाावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुको विकल्प नभएको पनि जनाएका छन् ।

उनले पार्टीलाई सहमति, विधि र विस्वास्का साथ अघि बढाउन नेतृत्वलाई आग्रह गरेका छन् । ‘पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आआफ्नो ठाउँबाट योग दान गर्न म सवैलाई आग्रह गर्दछु,’ नेता नेपालले विज्ञप्तिमा भनेका छन्, ‘हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्छ । पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्दछु ।’

उनले यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुनहुने बताए ।