काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताएका हुन् ।
सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताए । एमसीसीबारे देखिएको विवाद र आशंका घोषणापत्रले निवारण गरेको दाबी गरेका उनले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए ।
त्यसैगरी उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सभामुख सापकोटालाई पदबाट हटाउने सपना नदेख्न समेत चेतावनी दिएका छन। ‘सभामुखले केपी ओलीको सामु घुँडा टेक्ने नचिताए हुन्छ, हामी दृढ भएर उभिन्छौँ । जुन सभामुखले सांसदको अधिकार रक्षा गर्नुभएको छ, संसद्को गरिमा जोगाएर राख्नुभएको छ, उहाँमाथि धारेहात लगाउने ? आरोप लगाउने ? गरिमाको रक्षा नगर्ने ? त्यसकारण हामी सभामुखको पक्षमा दृढ भएर उभिन्छौँ, केपी ओलीले सभामुख हटाउने सपना नदेखे हुन्छ ।’ अध्यक्ष नेपालले भने ।




प्रतिक्रिया