माधव नेपालको निर्देशन- एमसीसीविरुद्धका स्टाटस फिर्ता लिनुहोस्, पार्टीले सहन सक्दैन

माधव नेपालको निर्देशन- एमसीसीविरुद्धका स्टाटस फिर्ता लिनुहोस्, पार्टीले सहन सक्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समावजादी) का अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे पार्टीको निर्णय विपरीत लेखिएका स्टाटस सच्याउन निर्देशन दिएका छन् ।

बुधबार सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘एमसीसीका विषयमा पार्टीको निर्णय सबैले मान्नुपर्छ । कतिपय कमरेडहरुको स्टाटसहरु हेर्ने हो भने अत्यन्तै आपत्तिजनक स्टाटसहरु लेख्ने गर्नुभएको छ । म यहाँबाट भन्न चाहन्छु, यस्ता स्टाटसहरु जसले लेख्नुभएको छ, गल्ती स्वीकार गर्नुस्। पार्टीले सहन सक्दैन । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’ अराजकता मच्चाउनेलाई पार्टीमा छुट नभएको उनको भनाई थियो ।

एमसीसीका विषयमा नेता झलनाथ खनालको फरक विचार सार्वजनिक भइरहेका बेला अध्यक्ष नेपालले एमसीसी विरुद्ध जथाभावी नबोल्न निर्देशन दिएका हुन् ।