काठमाण्डु – सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालसहित १४ जनाविरुद्ध दायर गरेको रिट पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ ।
आइतबार न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकताविरुद्धको रिट अब फैसलाको लागि पूर्ण सुनुवाई हुने आदेश दिएको हो । पूर्ण सुनुवाईको लागि मिति भने तोकेको छैन् । अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।
नेकपा एमालेले पार्टी विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेको थियो । लामो समय हेर्न नभ्याउने लगायतका सूचीमा परेको उक्त रिटमाथि फैसला हुन सकेको छैन् । नेकपा एमालेले आफुले कारबाही गरेका १४ संसदको पद खारेज नभएसम्म संसद अवरुद्ध जारी राख्ने अडान कायमै राखेको छ ।




प्रतिक्रिया