केपी ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र निवास पुग्ने गर्छन : माधव नेपाल

केपी ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र निवास पुग्ने गर्छन : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा जाने गरेको आरोप लगाएका छन् ।

शुक्रबार आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली चुनावी तालमेलका लागि सुटुक्क ज्ञानेन्द्रनिवास जाने गरेको बताएका हुन् । साथै उनले ओलीले सत्ता गठबन्धन तोड्न लागेको आरोप पनि लगाए ।

‘गठबन्धन तोड्न ओली लागिपरेका छन् । र उनी पनि गठबन्धन गर्दैछन् । त्यसका लागि सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्,’ उनले भने, ‘राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन् । विदेशीहरुको दलाली गर्न खोज्ने पार्टीसँग तालमेल गर्न खोजिरहेका छन् । किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन् ।’

नेपालले आफुहरु वामपन्थी शक्ति भएको भन्दै दक्षिणपन्थी दक्षिणपन्थी शक्तिहरु मिल्ने भन्दै ओलीले राप्रपासँग साँठगाँठको तयारी सुरु गरेको दावी गरेका हुन् । ‘दक्षिणपन्थी शक्तिहरु दक्षिणपन्थीसँग मिल्छन् । हामी वामपन्थी शक्ति हौं । लोकतान्त्रिक र वामपन्थी शक्तिसँग मिलेर अघि बढ्छौं,’उनले भने ।