पूर्ण सुनुवाइ स्थगित गर्न माधव नेपाल पक्षले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार

पूर्ण सुनुवाइ स्थगित गर्न माधव नेपाल पक्षले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

मुद्दाको पूर्ण सुनुवाइ सार्न नेपाल पक्षबाट दिइएको निवेदन सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले अस्वीकार गरेपछि मुद्दामा सुनुवाइ सुरु हुने भएको हो । उक्त मुद्दा न्यायाधीश सिन्हा र सुवेदीको इजलासमा चौंथो नम्बरमा छ।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा २०७८ भदौ १७ गते रिट दायर गरेका थिए।